- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको बन्दसत्र शुक्रवारदेखि नै सुरु हुने भएको छ ।
राजधानीको भृकुटीमण्डपमा शुक्रवारदेखि नै सुरु भएको महाधिवेशनको उद्घाटन समारोहपछि लगत्तै बन्द सत्र पनि प्रारम्भ गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा प्रवक्ता शर्माले महाधिवेशनको बन्दसत्र पनि उद्घाटन सत्र समापन भए लगत्तै सुरु गरिने कार्यक्रम रहेको बताए । बन्दसत्र भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुनेछ ।