arrow

कुनै पनि पदमा उम्मेदवारी दिन्न – सीतादेवी यादव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
shitadevi-yadav.JPG

काठमाडौं । नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको कोषलाई व्यवस्थित गराउन नसकेको स्वीकार गरेकी छिन् । उनले पार्टीको १४ औं महाधिवशेनको उद्घाटन सत्रमा बोल्दै भनिन्, ‘पार्टीको कोषलाई व्यवस्थित बनाउन खोजेकी थिएँ तर हुन सकेन ।’

उनले अगाडि भनिन्, ‘तर पनि तपाईहरुको महानतालाई ध्यानमा राखेर कोषलाई व्यवस्थित नै गरेकी छु । अहिले तपाईहरुले दिएको फिक्स्ड डिपोजिटमा १० करोड र बैंक डिपोजिटमा २३ करोड रहेको छ ।’ 

उनले आफूले कुनै पनि पदमा उम्मेदवारी नदिने बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ