- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको सिंगो एकतालई महाधिवेशनमार्फत गाउँगाउँमा जाँदा हामीले ६ महिनापछि मुलुकमा हुने स्थानीय चुनाव, प्रदेश र संघीय चुनावमा फेरि बहुमतको पार्टी, सबैभन्दा ठूलो पार्टी बनाउनु पर्ने बताएका छन् ।
पार्टीको १४ औं महाधिवशेनको उद्घाटन सत्रमा बोल्दै उनले भने, ‘सबैभन्दा पुरानो पार्टीको हिसाबले, संविधानका कतिपय सन्दर्भमा, कतिपय गलत कुराहरुले संविधानका संरचनालाई हल्लाउने कोसिस गर्ने कुनीयतका कारण नेपाली कांग्रेसको काँधमा फेरि संविधानको रक्षा गर्ने, जनताका हक र अधिकारको संरक्षण गर्ने काम आएको छ ।’
उनले अगाडि भने, ‘२०७४ सालको निर्वाचनमा कसैले कल्पना नगरेको अवस्थामा आज कांग्रेसले देशको नेतृत्व गरिरेहको छ । प्रदेशमा कहीं हाम्रो साथी मुख्यमन्त्री बनेका छन् । कहीं सरकारमा सहभागी भएका छन् ।’
उनले भने, ‘यो ऐतिहासिक अवसरलाई एकताको बलामा फेरि सबै दललाई साथमा लिएर विगतको सर्वसत्तावादी ओलीको सरकारले उत्पादन गरेको लोकतन्त्र विरोधी काम भए । त्यसबाट जनतामा फेरि आशको वातावरण सिर्जना गरेर यो महाधिवेशनबाट जनताप्रति समर्पणको सन्देश बोकेर फर्कनु छ । आउने चुनावमा कांग्रेसलाई बहुमतको पार्टी बनाएर अघि बढ्नुछ ।’