- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसले गरेका तीन वटा उपलब्धिको चर्चा गरेका छन् । पार्टीको १४ औं महाधिवशेनको उद्घाटन सत्रमा बोल्दै उनले भने, ‘हिंसात्मक द्धन्द्धबाट शान्तिमा पुर्याएका छौँ, संघीय लोकतान्त्रिक प्रणाली हामीले निर्माण गरेका छौँ । नेपाली जनताको संविधान हामी आफैले बनाएका छौँ ।’
उनले अगाडि भने, ‘यी तीनवटा ऐतिहासिक उपलब्धि भएको छ । यो नेपाली कांग्रेसको नेतृत्व, अगुवाई, दूरदर्शी र कुशल व्यवस्थाबाट भएको छ । यसलाई आत्मसात र सम्प्रेषण पनि गर्नुपर्छ ।’
निधीले भने, ‘परिवर्तन कस्तो भयो, संघीय लोकतान्त्रिक प्रणाली हामीले बनायौँ, संविधान बनायौँ । १४ औं महाधिवेशन सम्पन्न भएपछि तीनै तहको निर्वाचन देशमा आउँदैछ । हामीले महाधिवेशनबाट एकता भएर सदृढ भएर निस्किसकेपछि हाम्रो अगाडि यो महत्वपूर्ण जिम्मेवारी हो । आगामी जिम्मेवारीमा नेपाली कांग्रेसको एकमना सरकार बनाउनु सबै तहमा नेपाली जनताले, कांग्रेसका साथीहरुले हामीले देशमा नेपाली कांग्रेसको सरकार बनाउन चाहन्छौँ ।’
उनले आगामी चुनावमा नेपाली कांग्रेसलाई विजयी बनाउनु नै महाधिवेशनको सार्थकता र सफलता मानिने बताए ।