- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन स्थलमा नेपाली कांग्रेसका केन्द्रिय सदस्यका उम्मेदवार गणेश सापकोटाले नि:शुल्क वाईफाईको व्यवस्था गरेका छन् ।
महाधिवेशनमा आउने प्रतिनिधि, पाहुना र शुभेच्छुकलाई अप्ठ्यारो नहोस् भनेर निःशुल्क वाईफाई सेवा उपलब्ध गराइएको केन्द्रिय सदस्यका उम्मेदवार सापकोटाले बताए ।
महाधिवेशन स्थल आसपास लाखौँको भिडमा मोबाइल नेटवर्क समेत राम्रोसँग नचलिरहेका बेला निःशुल्क वाईफाई सेवा पाउदा महाधिवेशनमा आएकाहरुलाई सहज भएको एक सहभागीले बताए ।
नवलपुर क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित सापकोटाले केन्द्रिय सदस्य उम्मेदवार दिदै छन् ।