arrow

राजनीतिक पहुँचलाई दुर्गम बस्तीमा स्थापित गराउन केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : दिवान बिष्ट 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७८ मंसिर २५ शनिबार
diwan-sing-bista.JPG

कञ्चनपुर । केन्द्रमुखी राजनीतिक पहुँच दुर्गम बस्तीमा रुपान्तरणका लागि आफुले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको नेपाली कांग्रेस कञ्चनपुरका नेता दिवान सिंह बिष्टले बताएका छन् ।

नेपालको संविधान निर्माणको ऐतिहासिक कार्यमा समेत महत्वपूर्ण भुमिका निर्वाह गरिसकेका नेता बिष्टले सुदूरपश्चिम प्रदेश कोटा बाट नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

जननायक बिशेश्वर प्रसाद कोईरालाले कल्पना गरे झै कांग्रेसलाई गाउँ बस्तीका बिपन्न , निमुखा जनताको हितैषी र कांग्रेसको नेतृत्व गाउँ बस्तीमै स्थापित गराउदै जननायक बिपीको परिकल्पना पूरा गर्न आफुले १४ औं महाधिवेशनमा उम्मेदवारी दिने सम्पुर्ण तयारी पूरा गरि सकेको नेता बिष्टले बताए । 

कोरोना संक्रमणले थला परेका गाउँ बस्तीका बिपन्न र निमुखा जनताको घरदैलोमा राहत र स्वास्थ्य सामाग्री बोकेर पार्टी र संगठनको गरिमा बढाउने अभियानमा नेता बिष्ट जुटेका थिए । 

कांग्रेस नेता बिष्ट भन्छन् -दुर दराज र दुर्गम बस्तीमा नेतृत्व रुपान्तर गरि जनताको घरदैलोमा कांग्रेसको संगठन मजबुत बनाउन आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हु । निमुखाको मुद्दामा प्रतिबद्ध हुँदै पैरवी गर्दै पार्टी र संगठनको शाख बढाउन आफुले उम्मेदवारी दिएको नेता बिष्टले बताए । 

२०३२ साल देखि नेविसंघको राजनीतिबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका नेता बिष्ट पार्टीका विभिन्न तहको नेतृत्व गर्दै संगठन सुदृढीकरणमा आफुलाई क्रियाशिल पार्दै आएका छन् ।

उनी पार्टीको क्षेत्रीय सभापति , जिल्ला सदस्य , महाधिवेशन प्रतिनिधि , महासमिती सदस्य रहेर पार्टीका धेरै तहमा काम गरि खारिएका नेताका रुपमा परिचित छन् । 

नेता बिष्ट नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै बेलौरी नगर बिकास समितिको अध्यक्ष , सुकुम्बासी समस्या समाधान आयोगको सदस्य , शुक्लाफाँटा आरक्ष आयोगका अध्यक्ष समेत रहि सकेका उनी २०७० को दोस्रो संविधान सभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फ बाट निर्वाचित संबिधानसभा सदस्य समेत हुन ।
 
पार्टी र संगठनलाई जन नायक बिपी कोइरालाले परिकल्पना गरे झैँ बिपन्न र निमुखा जनताको कांग्रेसलाई स्थापित गर्ने उदेश्यले केन्द्रीय सदस्यमा सुदूरपश्चिम प्रदेश कोटामा आफुले उम्मेदवारी दिएको बताए ।

जनमुखी र सुदृढ कांग्रेस निर्माणका लागि दुर्गम बस्तीमा नेतृत्व रुपान्तरणको आफ्नो अभियानलाई साथ दिन देश भरका महाधिवेशन प्रतिनिधि , जिल्ला सभापति र क्षेत्रीय सभापति हरुमा अपिल गरेको छु र मतदान गरि बिजयी गराउनु हुनेछ भन्नेमा आफू विश्वस्त रहेको नेता बिष्टले नेता बिष्टले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ