- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृ सुजाता कोइराला सभापतिको दौडबाट ब्याक हुँदै उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेकी छन् ।
‘सहमति, सहकार्य र एकता, नेतृत्व तहमा महिला, उपसभापति पदमा सुजाता कोइराला’ भन्दै प्रचार पनि शुरु गरेकी छन् । संस्थापन इतरको कुन प्यानलबाट उम्मेदवारी दिने भन्ने स्पष्ट पारेकी छैनन् ।
सभापतिमै उम्मेदवारी दर्ता गर्ने दाबी गर्दै आएकी नेतृ कोइरालाले विधान शंसोधनको प्रस्ताव भने अघि सारेकी छन् । विधानमा सभापतिसहित २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ कोषाध्यक्ष गरी १४ पदाधिकारीको व्यवस्था छ ।
तर पदाधिकारीमा महिलाको कम्तिमा ३३ प्रतिशत सुनिश्चितता गर्नुपर्ने उनको माग छ । संविधानमै महिलाको एक तिहाई सहभागिताको सुनिश्चिता गरेको उल्लेख गर्दै कांग्रेसले पदाधिकारीमा ३३ प्रतिशत सुनिश्चितता गर्नुपर्ने प्रस्ताव अघि बढाएकी हुन् । केन्द्रीय सदस्यमा पनि ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न पनि उनको माग छ ।