- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले पार्टीको १४ औं महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गरेका छन् । राजधानीमा जारी पार्टीको १४ औं महाधिवेशनमा नेता पाण्डेले ‘पिछडिएको क्षेत्र’ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
नेता पाण्डे पार्टीमा संस्थापन इतरमा रहेका छन् । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय रहेको छ ।
महाधिवेशनले ८ सहमहामन्त्री निर्वाचित गर्दैछ ।
हिजो भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ ।