- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं सांसद डा. डीला संग्रौलाले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छिन् । उनले राष्ट्रिसभा गृह पुगेर खुला महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेकी हुन् ।
उनी संस्थापन निकट मानिन्छिन् । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय रहेको छ ।
हिजो भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ ।