arrow

कांग्रेसको १४ औं महाधिवेशन

निर्वाचन समितिले निकाल्यो कांग्रेसको १३४ पदमा ५४८ उम्मेदवार (प्रथम नामावली सूचीसहित) 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
rastriya-sabhagriha-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि हिजोबाट चुनावी प्रक्रिया शुरु भएको छ  । शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका हुन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति नेपाली वर्णानुक्रमानुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । जसअनुसार सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ । 

दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् ।

 दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा गगनकुमार थापा, डा. मिनेन्द्र रिजाल, डा प्रकाशशरण महत, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा र डा राजाराम कार्की रहेका छन् । 

यी हुन् उम्मेदवारहरु–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ