arrow

पहिलो अमेरिकी अन्तरिक्ष यात्रीकी छोरी पनि पुगिन् अन्तरिक्षमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
Alan-Shepar-Laura-Shepard-Churchley.jpg

काठमाडौं । पहिलो अमेरिकी अन्तरिक्ष यात्री एलन शेपर्डकी छोरी उनी अन्तरिक्षमा गएको ६० वर्षपछि अन्तरिक्षमा पुगेकी छिन् । शनिबार अर्बपति जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनको अन्तरिक्ष यानमा लौरा शेपर्ड चर्चलीसहित ६ जना अन्तरिक्षमा गएका थिए ।

अन्तरिक्ष भ्रमणमा गएको यो टोलीले छोटो समयको लागि शून्य गुरुत्वाकर्षणको अनुभवसमेत गरेको थियो । अन्तरिक्ष भ्रमणको व्यापारीक बजार विस्तार गर्न ब्लु ओरिजिनले सन् २०२१ मा यो तेस्रो उडान लन्च गरेको हो ।

लौरा शेपर्ड चर्चका बुवा एलन शेपर्ड सन् १९६१ को मे ५ मा अन्तरिक्षमा पुगेका थिए । उनको सन् १९९८ मा निधन भएको थियो । 

शनिबार अन्तरिक्ष भ्रमणमा जाने ६ जनामध्ये लौरा शेपर्ड चर्चलीसँगै अमेरिकी टेलिभिजन व्यक्तित्व माइकल स्ट्रहान र अन्य शुल्क तिरेका ४ जना रहेका थिए ।

अमेरिकाले अब, अन्तरिक्षमा जानेलाई अन्तरिक्ष यात्रीको सम्मान नदिने भएको छ । त्यसका लागि अन्तरिक्ष अन्वेषणका क्षेत्र बिशेष योगदान दिएको समेत हुनुपर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ