arrow

केन्द्रीय सदस्यका उम्मेदवार जितजंग भन्छन् –कांग्रेसलाई बलियो र सुदृढ बनाउनु मेरो पहिलो एजेण्डा हो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
jitjung-basnet.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका १४ औ महाधिवेशनमा खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका जीतजंग बस्नेतले कांग्रेसलाई बलियो र सुदृढ पार्टी बनाउनु आफ्नो पहिलो एजेण्डा भएको बताएका छन् । उनी नेपाली कांग्रेसको इमानदार सिपाहीका रुपमा चिनिन्छन् । 

उनले संस्थापन पक्ष शेरबहादुर देउवाको टिमबाट उम्मेदवारी दिएका छन् । कांग्रेसलाई आगामी चुनावमा पहिलो पार्टी बनाउन देउवाको नेतृत्व पार्टीमा अझै खाँचो परेको उनको दावी छ ।

‘तीन तहको चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउन शेरबहादुर देउवाज्यूको नेतृत्व अझै नेपाली कांग्रेसलाई चाहिएको छ’ बस्नेतले भने, ‘अहिले देउवाको पक्षमा माहौल बढ्दै गएको छ ।’ 

उनी देउवासँग शुरुदेखि नै नजिक मानिन्छन् । 

बस्नेत नेपाल तरुण दलको अध्यक्ष पनि हुन । उनले नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरे । २०४५ सालबाट उनले राजनीति शुरु गरेका हुन । उनी नेविसंघको महामन्त्रीसम्म भए ।

नेविसंघ हुँदा उनी नेविसंघको विभिन्न जिम्मेवार पदमा रही संगठनलाई अघि बढाउने काम गरे । यस क्रममा त्रिभुवन विश्वविद्यालयको इकाइ समितिको अध्यक्षसमेत भए । 

देशलाई सम्बृद्धिको बाटोमा लैजान कांग्रेस नै चाहिने उनको तर्क छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ