काठमाडौं । काठमाडौं महिला जेसीजको २६ औं शाखा अधिवेशन सम्पन्न भएको छ । शुक्रवार ठमेलको लुना रेस्टुरेन्टमा जेसीआइ काठमाडौं लेडीको ४३औं वार्षिक साधारण सभा तथा २६ औं शाखा अधिवेशन २०२१ सम्पन्न भएको हो।
२०२२ का लागि नयाँ बोर्डको अध्यक्षमा सोनी श्रेष्ठ सर्वसम्मत चुनिएकी छन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा सविना श्रेष्ठ, मिली श्रेष्ठ र शर्मिला नकर्मी रहेका छन् । साथै महासचिवमा कमला गुरुङ प्रधान, कोषाध्यक्षमा सिल्भि नकर्मी, उपाध्यक्षमा स्वेच्छा रञ्जित, साहिना ताम्राकार,सविना महर्जन श्रेष्ठ, दिल शाही र माला थाहा मगर चयन भएका छन् ।
१९७८ मा स्थापना भएको जेसीआई काठमाडौं लेडी सामाजिक संस्था हो। सामाजिक सेवाको साथै व्यक्तित्व र नेतृत्व विकास गर्न सहयोग पुर्याउने यस संस्थाको मुख्य उद्देश्य हो । स्थापनाकालदेखि नै सामाजिक,आर्थिक तथा समय अनुरूप नेतृत्व र व्यक्तित्व विकास आदि विभिन्न क्षेत्रहरूमा विभिन्न कार्यहरू सफलता पूर्वक सम्पन्न गर्दै आइरहेको छ।
अधिवेशनमा २०२१ की अध्यक्ष जेसी रिन्कु बज्राचार्य श्रेष्ठ, अभिवक्ता सृजना मल्ल, १९९९ की अध्यक्ष कृति तुलाधर सहभागी थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष जेसी नगिना नकर्मीले आस्था पाठ, स्वागत मन्तव्य कार्यकारिणी उपाध्यक्ष जेसी सुनिता राजभण्डारीले गरेकी थिइन् भने वर्षभरिका कार्यक्रमका रिपोर्ट महासचिव जेसी सोनी श्रेष्ठले पढेर सुनाएकी थिइन् ।