arrow

दोस्रो चरणमा देउवा इतर सबै एक ठाउँमा हुनेछौं : निधी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
bimelendra-nidhi.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधीले पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नकटाउने दाबी गरेका छन् ।

सभापति शेरबहादुर देउवाबाट विद्रोह गरेर सभापतिको चुनावी मैदानमा रहेका निधिले दोस्रो चरणमा आफूले देउवालाई सघाउन नसक्ने उद्घोष पनि गरेका छन् ।

आइतबार भृकुटीमन्डपमा भोट माग्न पुगेका निधीले पत्रकारहरुसँगको संक्षित कुराकानीमा दोस्रो चरणको चुनाव भएमा आफूले देउवालाई नसघाउने घोषणा गरेका हुन ।

‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउदैनन् । दोस्रो चरणमा हुने चुनावमा देउवा इतर हामी एक ठाउँ हुनेछौं’, उनले भने ।

दोस्रो चरणमा निधीले देउवालाई नै सघाउने चर्चा भइरहेका बेला निधीको यस्तो प्रतिक्रिया आएको हो । सभापतिका लागि हाल देउवा, निधी, डा.शेखर कोइराला, कल्याण गुरुङ र प्रकाशमान सिंह दौडमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ