arrow

महाधिवेशनमय भृकुटीमण्डप (फोटोफिचर)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
gagan4.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढेसँगै काठमाडौंको भृकुटीमन्डप र प्रदर्शनीमार्ग स्थल महाधिवेशनमय भएको छ ।

उम्मेदवारहरु मत माग्न व्यस्त देखिएका छन् । मत माग्न सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यका उम्मेदवारहरु प्रतिनिधि बसेको होटल र महाधिवेशन स्थलमा ब्यस्त देखिएका छन् ।

मतदाताको ध्यानाकर्षण गराउन उम्मेदवारहरुले विभिन्न विधिहरु अपनाएका छन् । उम्मेदवारको प्रचार प्रसार गर्न निर्वाचन समितिले कडाइ गरेपनि त्यसको प्रभावकारिता देखिएको छैन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लाइनमै बसेर खाना खाएकोका दृश्य निकै रोचक देखिएको छ भने उम्मेदवारहरुबीचको ठट्यौलीलाई प्रतिनिधिहरुले रमाइलो मानिरहेका छन् ।

४ हजार ७४३ प्रतिनिधि रहेको महाधिवेशनमा पाँच जना सभापतिका उम्मेदवारहरु मैदानमा छन् । मत आफूतिर तान्न उम्मेदवारहरुले विभिन्न माध्यमहरु अपनाइरहेका छन् ।

एक उम्मेदवारले अर्को उम्मेदवारलाई भोट मागेका दृश्य र कुराकानीले चुनावी माहोल निकै रोमान्चक देखिएको छ । आइतबार विहान सभापतिका उम्मेदवार प्रकाशमान सिंह र केन्द्रीय सदस्यकी उम्मेदवार डा.आरजू राणा देउवाबीच एक आपसमा भोट मागेको विषयले कार्यकर्ताले रोचक मानेका थिए ।

भोलि सोमबार नेतृत्व चयनका लागि भृकुटीमण्डप‚ महेन्द्र पुलिस क्लब र राष्ट्रियसभा गृहमा मतदान हुने व्यवस्था मिलाइएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ