- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पहिलो पटक पार्टीमा स्थानीय तहदेखि केन्द्रसम्म नेतृत्व चयन भइरहेको भन्दै आगामी निर्वाचनमा यो सरकारले निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउने विश्वास व्यक्त गरेका छन् । उनले पार्टीको १४ औं महाधिवेशनको मतदानको मुखमा समावेशी प्रतिनिधित्व अनुसार नेतृत्व चयन भैरहेको बताए ।
संस्थापन पक्षका नेता कार्यकर्ताको कार्यक्रममा सम्वोधन गर्दै नेता सिटौलाले कम्युनिष्टको सरकारको तीन वर्षमा पटक पटक संविधान मिच्ने, अदालतलाई आफ्नो अनुकुल हिँडाउने, प्रहरी प्रशासनलाई आफ्नो कब्जामा राखिएको भन्दै शेरबहादुर देउवा प्रधानमन्त्री बनेपपछि भने अवस्था बदलिएको बताए ।
अब निर्वाचनको समय फेरि आउनै लागेको भन्दै सिटौलाले सभापति पदमा हारेको प्रधानमन्त्री बोकेर निर्वाचनमा जाने कि जितेको प्रधानमन्त्रीलाई लिएर निर्वाचनमा जाने ? भन्दै प्रश्न गरे ।
कांग्रेसभित्र नेतृत्व परिवर्तन र युवा पुस्ता आगमनको नारा ब्यापक भइरहँदा नेता सिटौलाले प्रधानमन्त्रीलाई जिताएर निर्वाचनमा जानुपर्नेमा जोड गरे ।
देउवामाथि कम्युनिष्टलाई सहयोग गरेको, आफ्नो बलियो निर्वाचन क्षेत्रमा माओवादीलाई सहयोग गरेको भनी ब्यापक विरोध आइरहँदा नेता सिटौलाले भने, ‘किन शेरबहादुरलाई सभापतिमा निरन्तरता नदिने ? के बिग्रेको छ शेरबहादुरबाट ? किन निरन्तरता नदिने ? म सडकबाट साथ दिन्छु ।’