arrow

सिटौलालाई धन्यवाद दिए देउवाले 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
deuba-sitaula-munch.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनले भोलि नयाँ सभापति निर्वाचित गर्दै गर्दा सभापतिमा उम्मेदवार शेरबहादुर देउवाले अर्का नेता कृष्णप्रसाद सिटौलालाई धन्यवाद दिएका छन् । कार्यकर्ता भेटघाट कार्यक्रममा देउवाले सिटौलालाई भने, ‘सिटौलालाई धन्यवाद । आफू सभापति नभएर मलाइ सहयोग गर्नु भएको छ।’

देउवाले केपी शर्मा आलीको शासनबाट सबै भुक्तभोगी रहेको उल्लेख गर्दै कुनै पनि हालतमा कम्युनिष्टको हातबाट देशलाई मुक्त गर्नुपर्ने बताए । उनले आफू सभापति भए कांग्रेसलाई तीन वटै तहमा सरकार बनाउने दाबी गरे । 

देउवाले भने, ‘प्रजातन्त्रलाई बचाउन आवश्यक छ । प्रजातन्त्र बचाउन कांग्रेस बाहेक कसैले सक्दैन । मलाई सभापति बनाउनुस् । म देशभर कांग्रेसको सरकार बनाउँछु । प्रधानमन्त्री र सभापति एउटै ब्यक्ति भएको अवस्थामा स्थायीत्व हुन्छ ।’

कांग्रेसभित्र नेतृत्व परिवर्तन र युवा पुस्ता आगमनको नारा ब्यापक भइरहँदा नेता देउवाले पुनः आफूलाई नै भोट दिन आग्रह गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ