arrow

टीसीएलको नयाँ क्युलेड फोरके टीभी सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
tvs-new-tv.jpg

काठमाडौं । आईएचएसबाट प्रमाणित विश्वको दोश्रो ठूलो टीभी ब्राण्ड टीसीएलको नेपालका लागि आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत ईओएल प्रालिले नयाँ क्युलेड फोरके टीभी सी ७२८ मोडेल र फोरके यूएचडी एआई टीभी पी ७२५ मोडेल सार्वजनिक गरेको छ । 

ईओएलले आफ्नो टङ्गालस्थित शोरुमबाट ग्राहक र संचारकर्मीमाझ मोडेल सार्वजनिक गरेको हो । टीसीएलको नयाँ क्युलेड फोरके टीभी सी ७२८ मोडेल ५५ र ६५ इन्चमा उपलब्ध छ भने फोरके यूएचडी एआई टीभी पी ७२५ मोडेल ७५ इन्चमा उपलब्ध रहेको पनि सीजीले जनाएको छ । 

क्यूलेड फोरके टीभीको क्वान्टम डट डिस्प्ले टेक्नोलोजीले शतप्रतिशत रङको मात्रा प्रदान गर्नुका साथै दृश्यको अर्बौं क्वान्टम डट तहहरुलाई फिल्टर गरेर जीवन्त दृष्य सम्प्रेषण र अधिकतम गुणस्तर प्रदर्शन गर्ने दाबी गरिएको छ । 

भनिएको छ, ‘यो टीभीले उच्च गुणस्तरको अन्तरक्रियात्मक भिडियो गेमिङ र होम इन्टरटेनमेन्ट चाहने ग्राहकहरुको लागि पनि विशेष आयाम थपेको छ । यो टीभीमा १२० हर्ज एमईएमसी, उच्च रिफ्रेश रेट डाइनामिक कम्पेन्सेसन रहेको छ जसले दृश्यलाई अझ स्मुथ बनाउँछ।’

अगाडि भनिएको छ, ‘यसमा उपलब्थ भ्यारिएबल रिफ्रेश रेट, अटो लो लेतेन्सी मोड, इएआरसी प्लस प्रोपाइटरी सफ्टवेयर अल्गोरिथमले खेलकुदको आश्चर्यजनक दृश्य प्रदान गर्नुका साथै छिटो चल्ने एक्सन दृश्यहरु पनि बिना कुनै ढिलाई सम्प्रेषण हुन्छ। यो टीभीमा उपलब्ध डल्बी भिजन आईक्यू फिचरले डाईनामिक मेटादाटा र प्रकाश सेन्सर प्रयोग गरेर कोठाको प्रकाशको अवस्था अनुसार दृश्यको ब्राइटनेस र कन्त्रास्ट समायोजन गरेर दृश्य अनुभवलाई अझ मनोरन्जनात्मक बनाउँछ ।’
    
सीजी भन्छ, ‘यो टीभीमा उत्कृष्ट ध्वनि अनुभवको लागि डल्बी एट्मोस फिचर र ओन्क्योको थिएटर लेभल साउन्ड सिस्टम र साउन्डबार रहेको छ। यो टीभी स्मार्टफोनबाट पनि सन्चालन गर्न सकिनेछ । स्मार्टफोनमा भएको कन्टेटहरु पनि टीभीमा चलाउन सकिन्छ । साथै यो टीभी सरल भोईस कमाण्ड बाट पनि चलानन सकिन्छ। यो टीभीमा ३ वर्षको वारेन्टी रहेको छ ।’

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । 

कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङ्गाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हात्तीगौडा, त्रिपुरेश्वर, नयाँबजार र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेको पनि सीजीले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ