arrow

अनुपम र दियालोको खाना, कोलकाताको माछा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहभागीको भोजनका लागि दैनिक दुई हजार ४०० केजी माछा कोलकाताबाट आयात गरिएको छ । मंसिर २४ गतेदेखि कांग्रेसको महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । भोजनको प्रबन्ध दियालो र अनुपम फुडल्याण्डले संयुक्त रुपमा गरेका छन् । 

दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक खोमराज खरालले दैनिक छ हजार व्यक्तिलाई तीन छाक भोजन खुवाउने गरेको र माछा साकाहारीले समेत खाने हुँदा माछाको खपत बढेको बताउँछन् । कांग्रेसको महाधिवेशनभर करिब १० टन माछा खपत हुने अनुमान छ । 

अधिवेशनमा दैनिक ८०० केजी कुखुरा र ८०० केजी खसीको मासु खपत हुने गरेको छ । अधिवेशनको बिहान नास्ताका लागि झन्डै १२ हजार अण्डा खपत भएको थियो । अधिवेशनमा दैनिक छ हजार व्यक्तिका लागि भोजन तयारी गरिएको छ । 

प्रतिदिन प्रतिव्यक्ति रु दुई हजार २०० का दरले बिहानको नास्ता र दुई छाक खाना खुवाउनुपर्ने सम्झौता भएको दियालो फुडल्याण्डका अध्यक्ष जनप्रकाश चापागाईंले जानकारी दिए ।

खानामा साकाहारी र मांशाहारी दुवै थरीका भोजन तयार गरिँदै आएको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ