arrow

कांग्रेसभित्र नेतृत्व परिवर्तन सबैको चाहना हो : निधी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
bimalendra-nidhi242424.JPG

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका विमलेन्द्र निधीले आफू विजयी भए आगामी तीनवटै तहको निर्वाचनमा रुख चिन्हलाई विजयी गराउने प्रतिवद्धता जनाएका छन् ।

नेतृत्व चयनका लागि सोमबार हुन लागिरहेको मतदानको पूर्वसन्ध्यामा निधीले सभापति पदमा आफ्नो मनोनयन रहेकाले पार्टीभित्र नेतृत्व परिवर्तन सबैको चाहना भएको पनि बताएका छन् । उनले आइतबार साँझ सामाजिक संजालमार्फत आगामी तीनवटै तहको चुनावमा रूख चिन्हलाई विजयी गराउन आफ्नो सम्पूर्ण क्षमताले समर्पित रहने बताएका हुन् ।

कांग्रेसको नेतृत्व चयनका लागि सोमबार तीन स्थानमा मतदान केन्द्र स्थापना गरि एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदान विहान ८ बजेदेखि हुँदैछ । सभापतिका लागि निधी, शेरबहादुर देउवा, डा.शेखर कोइराला र प्रकाशमान सिंह चुनावी मैदानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ