- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार बिहान मतदान हुँदैछ । तर भारतबाट आएका दुई जनाले भने आफूहरु महाधिवेशन प्रतिनिधि भए पनि मत दिनबाट बञ्चित हुनुपरेको भन्दै न्याय दिन माग गरेका छन् ।
भारतबाट काठमाडौं आएका दुई जनाले नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेले कीर्ते गरेका कारण मत दिन नपाउने आरोप लगाएका हुन् । पाण्डेले कीर्ते गरेर निर्वाचित भएका दुई प्रतिनिधिको सट्टामा अन्य दुई जनाको नाम राखेर निर्वाचन समितिलाई बुझाएर उनीहरुकै नाममा प्रतिनिधि कार्डसमेत लिइसकेको पीडितको आरोप छ ।
पाण्डेले जनकबहादुर बोगटीको नाम हटाएर उमाकान्त धमला (कान्ति धमला) र कोशानन्द न्यौपानेको नाम हटाएर प्रेमबहादुर सन्तोषीको नाम सिफारिस गरेको पीडितले बताएका छन् ।
नेपाली जनसम्पर्क समिति भारतबाट आउने १४ जना प्रतिनिधिमध्ये दुई जनाको नाम फेरबदल गरी पाण्डेले कीर्ते गरेको भन्दै उनलाई कारबाहीको मागसमेत गरिएको छ ।
पीडित बोगटी र न्यौपानेले आफूहरुलाई न्याय दिन पनि आग्रह गरेका छन् ।