- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मधेसीतर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिएका रन्जित कर्णले उम्मेदवारी फिर्ता लिएका छन् ।
कर्णले सोही पदका रामकृष्ण यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको एक हस्तलिखित पत्रमार्फत जानकारी गराएका छन् ।
नेविसंघको केन्द्रीय सभापति समेत भइसकेका कर्ण विगत लामो समयदेखि केन्द्रीय सहमहामन्त्रीको दौडमा थिए । उनले सहमहामन्त्रीमा यादवलाई र सभापतिमा डा.शेखर कोइरालालाई समर्थन रहने पनि जनाएका छन् ।
एक सहमहामन्त्री मधेसीतर्फ तीन जनाको उम्मेदवारी परेको थियो । अब रामकृष्ण यादव र महेन्द्र यादवबीच प्रतिस्पर्धा हुनेछ ।