arrow

महाधिवशेनमा मतदान, सुरक्षा कडा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
security-12211.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनमा नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । मतदान साँझ ५ बजेसम्म हुनेछ । मतदानका लागि महाधिवेशन प्रतिनिधिहरु लाइनमा बसिसकेका छन् । मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । भृकुटीमण्डपमा छिर्ने दुवैतर्फका सडकहरुमा सुरक्षा कडा गरिएको छ । परिचयपत्र हेरेरमात्र प्रवेश दिइएको छ । 

गत शुक्रबारबाट भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनमा हिजो उम्मेदवारको अन्तिम नामालवी प्रकाशित भइसकेपछि आज बिहान ८ बजेबाट साँझ ५ बजेसम्म मतदानको कार्यतालिका निर्धारण गरिएको हो ।

सभापतिसहित १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् । कांग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदानस्थल निर्माण भएको छ ।

प्रकाशित नामावलीअनुसार एक सभापतिका लागि पाँच जना, दुई जना उपसभापतिका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । 

पहिलो चरणमा सबै पदको मतदान प्रक्रिया सम्पन्न भए पश्चात् सभापति पदको मतगणना हुनेछ । पहिलो चरणमा सभापतिमा ५० प्रतिशत मत नकटाए दोस्रो चरणमा निर्वाचन हुनेछ ।

सभापतिका लागि पाँच जना मैदानमा हुनेछन् । उम्मेदवार विमलेन्द्र निधीले पहिलो चरणमा कसैले ५० प्रतिशत बढी मत नल्याए दोस्रो चरणमा संस्थापन इतर सबै पक्ष एकजुट हुने बताएका छन् । 

डा. शेखर कोइरालाको प्यानलबाट उपसभापतिका उम्मेदवार डा. चन्द्र भण्डारीले सकभर पहिलो चरणबाटै जित्ने अपेक्षा गरिएको बताए । उनले आफूहरुको प्यानल निकै नै मजबुद भएको दाबीसमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ