arrow

कलमको तागत बुझाएर अमूल्य मत माग्दै युवा नेता अजयबाबु शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
ajay1.jpg

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता अजयबाबु शिवाकोटी १४ औं महाधिवेशनमा मतदानका क्रममा मतदातासँग भोट माग्न व्यस्त रहेका छन् । उनी खुला केन्द्रीय सदस्यका उम्मेदवार हुन् । उनले पूर्णरुपले सम्हालेको पेशा पत्रकारिता हो। पत्रकारिता क्षेत्रमा चर्चित र सनसनीपूर्ण अनुहारमा उनी पर्छन्।

उनले गरेका रिपोर्टिङबाट समाजमा ब्याप्त विकृति र विसंगति रोक्न गरेको प्रयास अतुलनीय छ। ठूलाठालुले गरेका गल्ती ढाकछोप गर्ने समाजमा ब्याप्त भइरहँदा उनले गरेको रिपोर्टिङबाट तत्कालीन सभामुख कृष्णबहादुर महराको पद गुमेको थियो । 

त्यस्तै एमालेका नेता गोकुल बास्कोटा संचार मन्त्री रहेका बेलामा शिवाकोटीले ७० करोड भ्रष्टाचारको काण्ड सार्वजनिक गरेपछि बास्कोटाले पनि पद छाड्नु परेको थियो । 

उनी चुनौतीपूर्ण पत्रकारिता निडरपूर्वक गर्ने पत्रकारमा पर्छन् । 

उनै शिवाकोटी हाम्राकुरा डटकमका संस्थापक प्रधानसम्पादक हुन् । उनी पूर्णकालीन राजनीतिमा आएपछि पत्रकारिताको रिपोर्टिङबाट विश्राम लिने बताइसकेका छन् । 

तिनै युवा कांग्रेस शिवाकोटीले आफ्नो पत्रकारिताको सबैभन्दा सशक्त कलम महाधिवेशन प्रतिनिधिलाई उपहारका रुपमा दिँदै कलमको सही उपयोग गर्न आग्रह गरेका छन् । 

जसरी कलम पत्रकारको हतियार हो त्यसरी नै कलमले निष्पक्ष र निडर भएर मतदान गर्न पनि उर्जा दिने उनको जिकिर छ। यतिबेला भृकुटीमण्डपमा मतदानको प्रक्रिया चलिरहँदा शिवाकोटीले मतदातासँग कलमको तागत सम्झाउँदै मत दिएर माया गर्न आग्रह गरिरहेका छन्।

दोलखा जिल्लाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित निर्वाचित भएका शिवाकोटीले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।

दुई दशक भन्दा बढी समय सक्रिय पत्रकारितामा बिताएका उनी २०६२–०६३ को जनआन्दोलनका क्रममा आन्दोलनको दृश्य सबैभन्दा पहिले कैद गर्न पुग्ने पत्रकारका रुपमा चिनिन्थे । पछिल्लो समय कृष्णबहादुर महरा र गोकुल  बाँस्कोटाको विषयको समाचार ब्रेक गरेपछि चर्चामा रहँदै आएका छन् ।

जुनसुकै माध्यमबाट भए पनि देश विकासका लागि समाजसेवामा अग्रसर भइरहने प्रण गरेका शिवाकोटीले पत्रकारिताको सक्रिय जीवनबाट अलग भएर राजनीतिमा होमिए पनि आफू संचार उद्यमीका रुपमा भने रहिरहने बताएका छन् । 

शिवाकोटीले महाधिवेशन प्रतिनिधिहरुलाई विवेक प्रयोग गरेर नेतृत्व चुन्नसमेत आग्रह गर्दै आफू महाधिवेशनपछि प्रेस युनियनसहित पत्रकारिताको राजनीतिमा नफर्कने पनि स्पष्ट पारेका छन् । उनी नेपाल प्रेस युनियनका महासचिवसमेत हुन् । 

शिवाकोटीले दोलखाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुअघि सबै समूहको साझा उम्मेदवारका रुपमा माया पाएको भन्दै केन्द्रको महाधिवेशनका लागिसमेत सबै शीर्ष नेतृत्वको समर्थन पाउने अपेक्षा राखेको बताएका छन् ।

 

 

 

 

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ