arrow

माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गायत्री गुरुङ चयन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
Gyatri gurung.jpg

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ (कुशुम) चयन भएकी छिन् । दुई दिनदेखि पोखरामा जारी अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष बनाएको हो ।

यसअघि दीपक कोइराला र हरिराज अधिकारीले अध्यक्षमा दावी गरेपनि अन्तिममा पछि हटेका हुन् । कोइराला र अधिकारीले अध्यक्षमा दावी नछाडेपछि दुवैले गुरुङलाई अध्यक्ष बनाउन राजी भएका थिए ।

शनिबार आकांक्षीहरू धेरै भएपछि प्रदेश सदस्य मात्र निर्वाचित गरेर पहिलो बैठकबाट अध्यक्ष तोकिएको हो ।

आइतबारदेखि बसेको बैठक अध्यक्ष टुंग्याउन सकस परेपछि सोमबार बिहानसम्म चलेको थियो । 

गण्डकी प्रदेश कार्यालय सदस्य गुरुङ गण्डकी प्रदेशसभा सांसद पनि हुन् । 

अब उपाध्यक्ष, सचिवसहित आठ पदाधिकारी दोस्रो बैठकमा निर्वाचित गरिने बताइएको छ । 

माओवादीले गण्डकीमा २२९ सदस्यीय प्रदेश समिति बनाउने भएको छ । यसअघि २०१ सदस्यीय भनिएकोमा २८ सदस्य थपिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ