arrow

माओवादीले एमालेलाई खेलायो, मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २१ बुधबार
rajkimar-sharma-maoist-karn.jpg

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक आज बस्दैछ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतको प्रक्रिया पूरा गरेरमात्र राजीनामा दिने अडानका कारण मंगलबार बैठक बस्न सकेको थिएन । 

बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेपछि केन्द्रमा भएको सहमतिलाई प्रदेशले चुनौती दिने देखिएको छ । 

मुख्यमन्त्री शर्मा केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति असन्तुष्ट देखिएका छन् । मंगलबार दिन भर माओवादी र एमालेबीच पटक पटक छलफल भए पनि सहमति हुन नसकेपछि प्रदेश सभाको बैठक नै प्रभावित बनेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्मालाई राजीनामा दिन निर्देशन दिएको भए पनि माओवादीकै नेता जनार्दन शर्माले मुख्यमन्त्री शर्मालाई राजीनामा नदिन निर्देशन दिएपछि परिस्थिति फरक बनेको हो । 

यहाँ माओवादीले एमालेलाई सहमति विपरीत खेलाइरहेको स्पष्टै हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ