arrow

कोशीमा माओवादीका मन्त्रीहरूको राजीनामा, आन्तरिक छलफलमा मुख्यमन्त्री

logo
विवेक मिश्र,
प्रकाशित २०८० चैत २६ सोमबार
koshi-maoist-minister-regine.jpg
तस्बिर : फाइल

मोरङ। कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन्। संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेपछि मन्त्रीहरूले राजीनामा दिएका हुन्।

उनीहरू मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाउन मुख्यमन्त्री कार्यालयमा पुगेका थिए। काँग्रेस नेता केदार कार्की नेतृत्वको सरकारमा माओवादीबाट खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री नारायण बुर्जा मगर, सामाजिक विकास मन्त्री राजेन्द्र कुमार कार्की र पर्यटन, वन तथा वातावरण गणेश उप्रेती थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ