arrow

जोखबहादुरलाई लुम्बिनीको मुख्यमन्त्री बनाउन बहुमत दाबी पेश

logo
नारायण वली,
प्रकाशित २०८० चैत २३ शुक्रबार
Lumbini-.jpg

लुम्बिनी । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागि बहुमत प्राप्त सदस्यको हस्ताक्षरसहित शुक्रवार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका छन् । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री नियुक्तिका लागि बहुमत सदस्य ४४ जनाको हस्ताक्षरसहितको पत्र बुझाइएका हुन् ।

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनलाई पत्र बुझाउन नयाँ राजनीतिक समीकरणमा सहभागी दल नेकपा एमाले संसदीय दलका नेता लीला गिरी, माओवादी केन्द्रका दल नेता जोखबहादुर महरा, जनता समाजवादी पार्टी (जसपा) नेपालका दल नेता भण्डारीलाल अहिर, नेकपा एकीकृत समाजवादीका दल नेता भगवती अधिकारी, स्वतन्त्र सांसद खड्ग बस्नेतसहित प्रदेशसभा सदस्यहरूको सहभागिता रहेको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो । एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको छ । बिहीबार माओवादीका महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका भण्डारीलाल अहिर, एकीकृत समाजवादीकी दल नेता भगवती अधिकारी र नवलपरासी पश्चिम निर्वाचन क्षेत्रबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले ७ बुँदे सहमति गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ