- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट नेतृत्व चयनका लागि भइरहेको मतदानमा नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् ।
पौडेलको सचिवालयले मतदानमा सहभागी नहुने प्रष्ट पारेको छ । आफ्नै समूहमा सहमति नजुटेपछि उनी मतदानमै सहभागी नहुने निर्णयमा पुगेको पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जनाएका छन् ।
लामो समयदेखि संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका पौडेल आफ्नै नेतृत्वको साझा उम्मेदवारी दिने तयारीमा थिए । तर डा. शेखर कोइराला र प्रकाशमान सिंहले अडान नछाडेपछि उनी प्रतिस्पर्धाबाटै अलग भएका थिए ।
यद्यपि उनको समूहले डा. कोइरालालाई समर्थन गरेको छ । पौडेलले प्रतिनिधिहरुले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउन आह्वान गरेका छन् ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गरिरहेका छन् ।