arrow

डा.कोइराला र पौडेलबीच भेटवार्ता, हल्लाको पछि नलागी अघि बढ्न पौडेलको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
ramchandra-shaker.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मतदान शुरु हुनुपूर्व सभापतिका उम्मेदवार डा.शेखर कोइराला नेता रामचन्द्र पौडेललाई भेट्न बोहोराटार पुगेका छन् ।

सोमबार विहान डा.कोइराला र पौडेलबीच भएको भेटमा आपसी सहयोग र सदभाव यथावत रहने विषयमा कुराकानी भएको डा.कोइरालाको सचिवालयले जनाएको छ ।

सचिवालयले भन्यो,‘उहाँहरुबीच सौहार्दपूर्ण रुपमा कुराकानी भयो । डा.कोइरालाले पौडेललाई आगामी दिनमा सम्मानजनक स्थान दिने बचन दिनुभयो । र जितका लागि पौडेलसँग आर्शिवाद लिएर फर्किनुभयो ।’

भेटका क्रममा आफू निर्वाचन प्रक्रियाबाट अलग्गिए पनि सभापतिका उम्मेदवार डा.कोइरालालाई आफ्नो समर्थन रहने र संस्थापन पक्षबाट भएको अफवाहको खण्डन भइसकेको जनाएका थिए ।

‘देउवा समूहबाट हालै सार्वजनिक भएको तस्वीर पूरानो रहेको र गलत हल्लाको पछि नलागी अघि बढ्न भन्नुभएको छ,’ डा.कोइराला निकट स्रोतले भन्यो ।

आइतबार मध्यराति सभापतिका उम्मेदवार देउवा समूहले पौडेल र डा.शशांक कोइरालाको समर्थन देउवालाई रहेको भनी प्रधानमन्त्रीको मिडिया सम्बन्धी फेसबुक ग्रुपबाट गलत समाचार र तस्वीर सार्वजनिक गरेका थिए । उक्त समाचारको पौडेलका छोरा चिन्तन पौडेलले खण्डन गर्दै आपत्ति जनाएका छन् ।

नेपालीका कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापति पदमा डा.शेखर कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरुङ चुनावी मैदानमा छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ