arrow

पाका नेता गुरुङले गरे पहिलो मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
congress21.jpg

काठमाडौं । नेपाली कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो मतदान गरेका छन् । सवा ३ घण्टा ढिला गरी शुरु भएको मतदानमा नेता गुरुङले पहिलो मतदान गर्दै १४औं महाधिवेशनको मतदानको सुरुआत गरेका हुन् । त्यस्तै सभापतिका उम्मेदवार शेरबहादुर देउवा र प्रकाशमान सिंहले पनि मतदान गरेका छन् । 

८ बजेदेखि मतदान शुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण जनाउँदै मतदानमा ढिलाइ भएको थियो । 

समितिका अनुसार १३२ पदका लागि ४८९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ । 

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह महामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ