- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मतदान स्थलमा तस्वीर खिच्न नदिएको भन्दै ‘क्यामेरा डाउन’गरेर धर्नामा बसेका संचारकर्मीहरुको समस्या समाधान भएको छ ।
मतदान स्थल र मिडिया सेन्टरमा प्रवेश गर्न नदिएको भन्दै विरोधमा उत्रिएका सन्चारकर्मीहरुसमक्ष केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले माफी मागेपछि समस्या समाधान भएको हो ।
संचारकर्मीहरु तस्वीर खिच्न र समाचार सम्प्रेषण गर्न खटिएका छन् । आयोजकले मतदानस्थलमा भिडभाड भएको भन्दै प्रवेश गर्न नदिएपछि संचारकर्मीहरु विरोधमा उत्रिएका थिए ।
विहान ८ बजेदेखि कांग्रेस नेतृत्व चयनका लागि हुने भनिएको मतदान ढिलागरी शुरु भएको थियो । मतदानस्थलमा नेताहरुको तस्वीर खिच्न संचारकर्मीहरुको भीड लागेको थियो । भीडलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले निर्वाचन समितिको आदेश भन्दै संचारकर्मीलाई धर्ना छोडेर बाहिर जान भनेको थियो।