arrow

एक जनालाई मत हाल्न ५० मिनेट, यसरी सुनाए उत्साह विमलेन्द्र निधीले  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
bimalendra-nidhi-final1.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले मतदान गरेका छन् । मत हाल्न उनलाई पौने घन्टा लागेको थियो । मतपत्रमा चिह्न लगाउन आफूलाई ५० मिनेट लागेको निधीले जानकारी दिए । पदाधिकारी र सदस्यहरूको सबै नाम थाहा थियो, उत्साहित छु,’ उनले भने ।

उनी सभापतिका प्रत्यासी हुन् । उनले सभापतिमा आफैंले जित्नेसमेत दाबी गरे । उनीसहित पाँच जना चुनावी मैदानमा छन् । उनी आफैले दोस्रो चरणमा गए संस्थापन इतर सबै एकठाउँमा उभिनेसमेत बताएका छन् । 

दिउँसो २ः०५ बजेसम्म चार सय मत खसेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा गरी चार सय मत खसेको हो ।

१३२ सिटका लागि ४७ सय ४३ जना मतदाताले मत हाल्नेछन् । राति ८ बजेसम्मको समय दिइने भनिए पनि अझै केन्द्रीय निर्वाचन समितिले टुङ्गो गरिनसकेको समिति सचिव जगन्नाथ श्रेष्ठले बताए । 

हालसम्म सभापतिका उम्मेदवारहरु शेरबहादुर देउवा, डा. शेखर कोइराला, विमलेन्द्र निधी र प्रकाशमान सिंहसहितका नेताले मतदान गरेका छन् ।

यस्तै उपसभापति पदका उम्मेदवार विजयकुमार गच्छेदार र सुजाता कोइरालाले पनि मतदान गरेका छन् । यसैगरी गृहमन्त्री एवम् केन्द्रीय सदस्य पदका उम्मेदवार बालकृष्ण खाँणले पनि मतदान गरेका छन् । यसैगरी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले पनि मतदान गरेकी छिन् । उनी केन्द्रीय सदस्य उम्मेदवार हुन् ।

कांग्रेसले बिहान ८ बजेबाट मतदानको समय तोकेको भए पनि सवा ३ घण्टा ढिलो मतदान शुरु भएको थियो । कांग्रेसले तीन मतदान स्थलमा ११ सय बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ।

राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ९शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ।

यसैगरी भृकुटीमण्डप मैदानमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ भने भृकुटीमण्डपको हलमा प्रदेश १, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका मतदाताले मतदान गर्ने गरी व्यवस्था गरिएको छ।

कांग्रेस केन्द्रीय प्रचार समितिका अनुसार निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने एक मतदाताले २९ वटै मतपत्रमा मत हाल्नु पर्ने छ।

मतदानका लागि राष्ट्रिय सभागृहमा २ सय ९३, भृकुटीमण्डपमा २ सय ९३ बुथ र भृकुटीमण्डप भित्रे हलमा ५ सय १४ बुथ कायम गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ