arrow

चितवनमा भाले गैंडा मृत फेला

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ मंसिर २७ सोमबार
264890061_437105021253600_1890417106434921394_n.jpg
जैघाँस भएको खेतमा फेला परेको मृत गैंडा

नवलपुर । चितवनको भरतपुर महानगर-१६ मा गैंडा मृत फेला परेको छ ।

सिद्धिगणेश सामुदायिक वनबाट करिब ५ सय मिटर परपर्ने विजयनगरको गणेश मन्दिर जानेबाटो छेउको जैघाँस भएको खेतमा करीब १६ वर्षको भाले गैंडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्नका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिएका छन्।

तिवारीका अनुसार मृत भेटिएको गैंडाको सिंग र खुर लगाएत सबै अंगहरु सुरक्षीत रहेको छ । निकुञ्जको प्रविधिक टोलीले मृत गैंडाको पोस्टमार्टम गरेको छ । पोस्टमार्टम रिपोर्ट आए पछि मात्रै गैंडा मरेको कारण यकिन हुने तिवारीले बताए ।

तिवारीका अनुसार यो सँगै चालु आर्थिक वर्षमा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा १५ गैंडा मृत फेला परेका थिए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ