arrow

मतपत्र सकिएपछि मतदान रोकियो, मतदाता नारावाजीमा उत्रिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २७ सोमबार
congress-election-line.jpg

काठमाडौं । कांग्रेस १४औं महाधिवेश अन्तर्गन नेतृत्व चयनका लागि जारी निर्वाचन रोकिएको छ । मतपत्र सकिएको भन्दै निर्वाचन समितिले केहीबेरका लागि मतदान रोकेको हो ।

मतदान रोकिएपछि लामो समयदेखि लाइनमा बसेका मतदाताहरु भ्ने आक्रोशित बनेका छन् । अहिले उनीहरुले मतदानस्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा नारावाजी गरिरहेका छन् ।

निर्वाचन समितिका एक सदस्यले भने तीन हजार मतपत्र ल्याइएकोमा बाँढेर सकिएको र फेरी प्रेसबाट ल्याएर निर्वाचन अधिकृतको हस्ताक्षर गरिंदै गरेकाले केही ढिलाइ भएको जानकारी दिए ।

निर्वाचन समितिले विहान ८ बजेबाट मतदान शुरु हुने भनेको थियो । तर दिउँसो १२ बजेपछि मात्रै मतदान शुरु भएपछि साँझ ५ बजेसम्मका लागि तय मतदान राती ९ बजेसम्मका तोकिएको थियो । तर, मतपत्र नै सकिएपछि सो समय भित्र पनि मतदान सकिने सम्भावना छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ