- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मतदान जारी छ । तेस्रो पटक समय थप गरिएको छ । अब राति ११ः३० बजेसम्म मतदान गर्न पाइने छ । अहिलेसम्म ४५ सय मत खसिसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
४७ सय ४३ मतदाता रहेका छन् । मतदान सकिएपछि सभापतिको मतगणना तत्कालै शुरु गर्ने समितिले जनाएको छ । मुचुल्का उठाउने प्रक्रिया पूरा गरी राष्ट्रिय सभागृहमै तीन ठाउँमा मतगणना हुनेछ ।
सभापति बाहेकका अन्य मतपेटिका भने पार्टी मुख्यालय सानेपा लगिने छ । सभापतिको लागि कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसके पुनः मतदान हुनेछ ।
सभापतिका लागि पाँच जना मैदानमा छन् ।