- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मतदान सकिएपछि मतगणना हुन्छ । राति ११ः३० बजेसम्म मतदान गर्ने समय दिइएको छ । उक्त समयभित्र मतदान सकिने छ । अर्थात् लाइनमा बसेकाहरुले मतदान गर्न पाउने छन् ।
मतदान सकिएपछि भने सभापतिको मतगणनाको प्रक्रिया शुरु हुन्छ भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यका मतपेटिका भने पार्टी मुख्यालय वीपीनगर सानेपा लगिने छ ।
केन्द्रीय निर्वाचन समितिले ४७ सय ४३ प्रतिनिधि रहेको जनाएको छ । उनीहरुको मतबाट नै सभापतिसहित १३२ सिटमा ४८७ जना मैदानमा रहेका छन् ।
मतदान सकिएपछि सभापतिको मतगणना तत्कालै शुरु गर्ने समितिले जनाएको छ । मुचुल्का उठाउने प्रक्रिया पूरा गरी राष्ट्रिय सभागृहमै तीन ठाउँमा मतगणना हुनेछ ।
सभापति बाहेकका अन्य मतपेटिका भने पार्टी मुख्यालय सानेपा लगिने छ । सभापतिको लागि कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसके पुनः मतदान हुनेछ ।
सभापतिका लागि पाँच जना मैदानमा छन् । कुनै पनि उम्मेदवारले पहिलो चरणमा ५० प्रतिशत बढी मत नल्याए भोलि दोस्रो चरणको मतदान हुनेछ ।
यो मतदान भने सभापतिका लागि मात्र हुनेछ । यदि दोस्रो चरणमा निर्णायक भएमा सभापति विजेता घोषित भएपछि बाँक िपदाधिकारी र केन्द्रीय सदस्यको मतगणना शुरु हुनेछ ।