arrow

सभापतिको २००६ मत गणना हुँदा देउवा अगाडि, यस्तो छ परिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
congress-14th-general-convention-final.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ सभापति चयनका लागि भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । सभापतिका लागि पाँच जना मैदानमा छन् ।अहिलेसम्म प्राप्त मतगणनाको परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।

२००६ मत गन्दा देउवाले ९५८ मत पाएका छन् । डा। शेखर कोइरालाले ७२६ मत पाएका छन् । प्रकाशमान सिंहले १५३ मत पाएका छन् । विमलेन्द्र निधीले ११७ मत पाएका छन् । कल्याण गुरुङ्गले ६ मत पाएका छन् । 

आज बिहान पौने ४ बजेदेखि मतगणना शुरु भएको हो । कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो ।

बागमती र प्रदेश २ बाट मतगणना थालिएको थियो । सुदूरपश्चिमको मत गन्न बाँकी नै छ । 

 पहिलो चरणमा टुङ्गो नलागे दोस्रो चरणमा मतदान गरी टुङ्गो लगाइने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ