- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ सभापति चयनका लागि भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । सभापतिका लागि पाँच जना मैदानमा छन् ।अहिलेसम्म प्राप्त मतगणनाको परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।
२२०६ मत गन्दा देउवाले १०५१ मत पाएका छन् । डा. शेखर कोइरालाले ७९३ मत पाएका छन् । प्रकाशमान सिंहले २०४ मत पाएका छन् । विमलेन्द्र निधीले १२० मत पाएका छन् । कल्याण गुरुङ्गले १० मत पाएका छन् ।
आज बिहान पौने ४ बजेदेखि मतगणना शुरु भएको हो । कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो ।
बागमती र प्रदेश २ बाट मतगणना थालिएको थियो । सुदूरपश्चिमको मत गन्न बाँकी नै छ ।
कुनै पनि उम्मेदवारले कूल खसेको मतको ५० प्रतिशत बढी मत नल्याएमा दोस्रो चरणमा मतदान हुनेछ । यो अवस्थामा पहिलो र दोस्रो स्थानमा रहने उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।
यदि दोस्रो चरणमा चुनाव पुगेका खण्डमा संस्थापन इतर पक्ष एक हुने बताइएको छ ।