arrow

खसेको मतमध्ये सभापतिमा विजयी हुन कति मत ल्याउनुपर्छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
congress-14th-general-convention-final.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ सभापति चयनका लागि भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ । सभापतिका लागि पाँच जना मैदानमा छन् ।

अहिलेसम्म प्राप्त मतगणनाको परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् । डा.शेखर कोइरालाले पछ्याइरहेका छन् ।

कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । कुनै पनि उम्मेदवारले कूल खसेको मतको ५० प्रतिशत बढी मत नल्याएमा दोस्रो चरणमा मतदान हुनेछ । यो अवस्थामा पहिलो र दोस्रो स्थानमा रहने उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।

४ हजार ६ सय ७९ मत खसेको मत मध्ये सभापति पदमा जितका लागि कुनै पनि उम्मेदवारले २ हजार ३४० मत ल्याउनुपर्ने देखिन्छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ