arrow

सभापतिका लागि दोस्रो चरणको मतदान हुने, पहिलो चरणमा कसैको आएन ५० प्रतिशत बढी मत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
congress-14th-general-convention-final.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ सभापति चयनका लागि भएको मतदानको पहिलो चरणबाट कसैले पनि बहुमत ल्याउन असफल भएका छन् । शेरबहादुर देउवा बहुमत प्राप्त गर्न असफल भएका छन् । अब दोस्रो चरणबाटै टुङ्गो लाग्ने भएको छ । 

सभापतिमा दोस्रो चरणमा शीर्ष दुईमा रहेर मत परिणाम टुंगो लगाएका शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच भिडन्त हुनेछ । 

शेरबहादुर देउवाले पहिलो चरणमा २२५८ मत पाए । डा। शेखर कोइरालाले १७ सय २९, प्रकाशमान सिंहले ३७१, बिमलेन्द्र निधीले २४९ तथा कल्याण गुरुङले २० मत पाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ