arrow

दोस्रो चरणको मतदानको समीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
congress-14th-general-convention-final.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ सभापति चयनका लागि दोस्रो चरणबाट टुङ्गो लाग्ने भएको छ । मतदानको पहिलो चरणबाट कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि दोस्रो चरणबाट टुङ्गो लाग्ने भएको हो । 

शेरबहादुर देउवाले पहिलो चरणमा २२ सय ५८ मत पाए । डा. शेखर कोइरालाले १७ सय २९,  प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधीले २४९ तथा कल्याण गुरुङले २० मत पाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

सभापतिमा दोस्रो चरणमा शीर्ष दुईमा रहेर मत परिणाम टुंगो लगाएका शेरबहादुर देउवा र डा शेखर कोइरालाबीच भिडन्त हुनेछ । 

दोस्रो चरणमा जसले बढी मत ल्याउँछ उही विजयी हुनेछ । समीकरण हेर्दा शेरबहादुर देउवा बाहेकको पक्ष एक ठाउँमा हुने हो भने जित डा. कोइरालाको हुने देखिन्छ । तर समीकरण कसरी अगाडि बढ्छ यकिन छैन । 

मतदान हुनुपूर्व विमलेन्द्र निधीले दोस्रो चरणमा पुगे इतर पक्ष एक ढिक्का हुने बताएका थिए । सो आधारमा शेखरको पक्षमा मत जाने देखिन्छ । 

तर राजनीतिमा समीकरण बललिइरहने हुनाले यसै भन्न सक्ने अवस्था छैन । पहिलो चरणमा मत नखसेका ६४ मत पनि आउन सक्छ । त्यस्तै बदर भएका मत पनि दोस्रो चरणमा खुल्न सक्ने देखिन्छ । 

देउवा पक्षले इतर पक्षको मत आफूतिर पार्नका लागि प्रयास भने गरेको देखिन्छ । बिहानै देउवा पक्षका बालकृष्ण खाँण प्रकाशमान सिंहको घरमा भेट्न गइसकेका छन् । 

यसले समीकरण कत्तिको बदलिन्छ त्यो हेर्न बाँकी छ । तर यदि संस्थापन र इतरको मत बाँडिएन भने इतरले जित्ने निश्चित हुनेछ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ