arrow

सभापतिमा प्रकाशमानको समर्थन देउवालाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
deuba-sing1.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ सभापति चयनका लागि दोस्रो चरणको हुने मतदानमा सभापतिका प्रत्यासी शेर बहादुर देउवालाई प्रकाशमान सिंहले समर्थन गर्ने बताएका छन् ।

मंगलबार विहान चाक्सीबारी पुगेका देउवालाई समर्थन गर्ने सिंहले बचन दिएका छन् । ‘देशभरीकै बहुमत महाधिवेशन प्रतिनिधिको चाहना शेरबहादुर देउवाजीसँगै देखिएको र त्यसमै स्वीकार्यता रहेको छ । हुनत नेतृत्व परिवर्तनको आवाज उठिरहे पनि देशको परिस्थिति अनुसार अघि बढ्नुपर्ने देखियो,’ उनले भने ।

विधान शंसोधन र पार्टीमा भइरहेको कमीकमजोरीलाई सुधार गरेर लैजाने देउवाले प्रतिवद्धता जनाएकाले देउवालाई नै समर्थन गर्नुपर्ने अवस्था आएको सिंहले बताए । पार्टीलाई परिवर्तन गर्नुपर्ने र प्रतिनिधिहरुको मतलाई सम्मान गर्न देउवा सहमत हुनुभएको पनि सिंहको प्रतिक्रिया छ । त्यस क्रममा देउवाले सिंहले देखाएको सदासहायताप्रति धन्यवाद दिए । 

सभापतिका लागि शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ