arrow

दोस्रो चरणको मतदान दिउँसो ३ः३० देखि बेलुकी ७ः३० बजेसम्म 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
congress-election-line.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दोस्रो चरणको मतदान मंगलबार दिउँसो ३ः३० देखि बेलुकी ७ः३० बजेसम्म हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको मंगलबार विहान बसेको बैठकले ३ः३० देखि राष्ट्रिय सभा गृह भृकुटी मन्डपमा मतदान गर्ने निर्णय गरेको हो ।

यसअघि मतदानको पहिलो चरणबाट कसैले पनि बहुमत ल्याउन असफल भएका छन् । शेरबहादुर देउवा बहुमत प्राप्त गर्न असफल भएका छन् । अब दोस्रो चरणबाटै सभापतिको टुङ्गो लाग्ने भएको छ ।

सभापतिमा दोस्रो चरणमा शीर्ष दुईमा रहेर मत परिणाम टुंगो लगाएका शेरबहादुर देउवा र डा.शेखर कोइरालाबीच भिडन्त हुनेछ । देउवाले पहिलो चरणमा २२५८ मत पाए । डा.कोइरालाले १७ सय २९, प्रकाशमान सिंहले ३७१, बिमलेन्द्र निधीले २४९ तथा कल्याण गुरुङले २० मत पाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 


 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ