- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनमा विमलेन्द्र निधीले पनि शेर बहादुर देउवालाई नै समर्थन गर्ने बताएका छन् ।
मंगलबार विहान प्रकाशमान सिंहको समर्थन जुटाएर निधी निवास पुगेका देउवा समक्ष निधीले समर्थन गर्ने बचन दिएका हुन् ।
‘शेर बहादुरजीले विहानै फोन गर्नुभएको थियो । तर मैंले साथीहरुसँग सल्लाह गर्छु भनेको थिएँ । साथीहरुको सल्लाह अनुसार नै देउवाजीलाई समर्थन गरेको हुँ’, समर्थन पछि निधीले संचारकर्मीहरुसँग भने ।
निधीका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार बहुमत प्रतिनिधिहरुको चाहना अनुसार देउवालाई समर्थन गर्नुपर्ने अवस्था आएको हो ।
सोमबार भएको पहिलो चुनावमा ५१ प्रतिशत मत कटाउन नसकेका देउवा मंगलबार विहानैदेखि समर्थन जुटाउन निस्किएका थिए ।
दोस्रो चरणमा सहयोग जुटाउँदै हिंड्ने क्रममा पहिलो चरणका सभापति उम्मेदवार निधीको निवास पुगेर देउवाले समर्थन लिएका हुन् । यसअघि पहिलो चरणका प्रतिस्पधी प्रकाशमान सिंहसँग देउवाले समर्थन जुटाइसकेका छन् ।