- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत दोस्रो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार डा.शेखर कोइरालाले नेतृत्व परिवर्तन र रुपान्तरणको मुद्दालाई कमजोर हुन नदिने उदघोष गरेका छन् ।
संस्थापन इतर समूहका प्रतिस्पर्धीहरुको पनि साथ नपाएपछि आफ्नो धारणा सार्वजनिक गर्न डा.कोइरालाले मतदानको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनको तयारी गरेका छन् ।
दोस्रो चरणको मतदानको डटेर सामना गर्ने निष्कर्षमा पुगेका डा.कोइरालाले विवेकसम्मत र अन्तरमनको भावनालाई बुझेर भोट हाल्न प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
दोस्रो चरणको मतदान मंगलबार दिउँसो ३ः३० देखि बेलुकी ७ः३० बजेसम्म हुँदैछ। केन्द्रीय निर्वाचन समितिको मंगलबार विहान बसेको बैठकले ३ः३० देखि राष्ट्रिय सभा गृह भृकुटी मन्डपमा मतदान गर्ने निर्णय गरेको हो ।