arrow

कांग्रेस सभापति चयनका लागि दोस्रो चरणको मतदान शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
congress-election-audience-121.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि दोश्रो चरणको मतदानका शुरू भएको छ । साढे ३ बजेदेखि हुने भनिएको मतदान केही समय ढिलो गरि शरु भएको हो ।

सभापतिका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवा र अर्का उम्मेदवार डा शेखर कोइराला मतदानस्थलमै रहेका छन् । 

पहिलो चरणमा पाँच जना सभापतिका उम्मेदवारमध्ये एक जनाले पनि बहुमत नपुर्‍यएपछि दोश्रो चरणको निर्वाचन हुन लागेको हो । दोश्रो चरणमा सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र डा. कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।

सभापतिका उम्मेदवार डा कोइरालाले दोस्रो चरणको मतदानबाट आफू विजयी हुने दाबी गरेका छन् । तर, पहिलो चरणका अन्य उम्मेदवार प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई नै समर्थन गरेपछि देउवा बलियो देखिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ