arrow

सभापतिका उम्मेदवार कोइरालाले पनि गरे मतदान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
shakher-vote.PNG

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको पुनः मतदान भइरहेको छ । दोश्रो चरणको मतदानमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले पनि मतदान गरेका छन् । यसअघि सभापतिका उम्मेदवार शेरबहादुर देउवाले मतदान गरेका थिए । 

सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्याशी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पार्टीको विधान अनुसार सभापति पदका लागि पुनः निर्वाचन भएको हो ।
 
पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिस्पर्धी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्याशी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति बिमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।
 
पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना बीच पुनः मतदान हुन्छ । विधान अनुसार, पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । सभापति पदका प्रत्याशी देउवालाई पहिलो चरणका सभापतिका अन्य प्रत्याशीहरू सिंह, निधि र गुरुङले समर्थन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ