arrow

कोइरालाका लागि सामूहिक मत माग्दै नेताहरू, देउवा र सिंह एकै ठाउँमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
mat-gagan-milendra.PNG

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिका लागि दोश्रो चरणको मतदानमा प्रधानमन्त्री शेरबहादुर देउवा र डा. शेखर कोइराला प्रतिस्पर्धामा छन् ।

दुवै सभापतिका प्रतिस्पर्धीहरू मतदान स्थलमा उपस्थित छन् । डा कोइरालाका लागि उनीसँगै नेता गगन थापा, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल लागयतका नेताहरू संयुक्त रुपमा मत मागिरहेका छन् ।

अर्कोतर्फ प्रधानमन्त्री देउवा र प्रकाशमान सिंह पनि संयुक्त रुपमा देउवाका लागि मत मागिरहेका छन् । पहिलो चरणमा पाँच जना सभापतिका उम्मेदवारमध्ये एक जनाले पनि बहुमत नपुर्‍यापछि दोश्रो चरणको निर्वाचन हुन लागेको हो। 

सभापतिका उम्मेदवार डा कोइरालाले दोश्रो चरणको मतदानबाट आफू विजयी हुने दाबी गरेका छन् । तर, पहिलो चरणका अन्य उम्मेदवार प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई नै समर्थन गरेका छन् । 

पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिस्पर्धी पार्टीका केन्द्रीय सदस्य डा शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्याशी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति बिमलेन्द्र निधिले २५० र केन्द्रीय सदस्य कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ ।
 
पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जना बीच पुनः मतदान हुन्छ । विधान अनुसार, पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । सभापति पदका प्रत्याशी देउवालाई पहिलो चरणका सभापतिका अन्य प्रत्याशीहरू सिंह, निधि र गुरुङले समर्थन गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ