arrow

मतदान सकियो, कति मत खस्यो गणना हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २८ मंगलबार
deuba-shekhar.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेसन अन्तर्गत सभापति चयनका लागि दोस्रो चरणको मतदान राति ९ः२० बजे सकिएको छ । दिउँसो ३ः४० बजेदेखि चलेको मतदान रातिमात्र सकिएको हो । 

कति मत खस्यो भनी मत गणना भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ । पहिलो चरणबाट प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याण गुरुङ बाहिरिएका थिए । 

मतदान सकिएलगत्तै मतगणना हुनेछ । यसको नतिजा आएपछि उपसभापतिदेखि केन्द्रीय सदस्यसम्मको मतगणना हुनेछ । ती मतमेटिका भने पार्टी मुख्यालय सानेपामा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ